राप्ती लोकमार्ग : बिग्रियो ‘ओटासिल’
ratopati.com · Sun Mar 26 06:23:00 GMT 2023
राप्ती लोकमार्ग ठाउँ–ठाउँमा जीर्ण छ । दाङ, सल्यान हुँदैरुकुमसम्म नै सडकबीचमा खाल्डाखुल्डी छन् । जिम्मा पाएका निर्माण कम्पनीले पनि समयमा काम गरेका छैनन् । जसले गर्दा आवतजावतमा पनि समस्या छ, भने दुर्घटनाको जोखिम पनि उत्तिकै छ ।“आवतजावत गर्दा धुलाम्मे हुन्छ, खाल्डाखुल्डीले पनि उत्तिकै समस्या पार्छ”, सल्यानबाट दाङ आउदै गर्नुभएका यात्रु रुद्रबहादुर रेउलेले भने“ दुर्घटनाको जोखिम उत्तिकै छ ।”
सल्यान कपुरकोटदेखि तुलसपुर पुग्दा मानिस चिन्न नसिकने अबस्था रहने यात्रुहरुको गुनासो छ । त्यस्तै समय पनि धेरै लाग्ने गर्छ । “धुलोले शरिर थपक्कै ढाकेको हुन्छ”,मोटरसाइकल चालक लक्ष्मण केसीले भने, “खाल्डा खुल्डीले गर्दा पहिले जस्तो छिटो पनि आउन सकिदैन्, आधा घण्टा लाग्ने ठाउँमा, एक डेढ घण्टा लाग्छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)