विद्यालयका ६० छात्रछात्रालाई न्यानो कपडा
gorkhapatraonline.com · Tue Jan 06 18:06:55 GMT 2026

पाँचथरको फिदिम नगरपालिका –१० मा सञ्चालन भइरहेको याङनाम आधारभुत विद्यालयमा अध्ययनरत ६० जना छात्र छात्रालाई न्यानो कपडा वितरण गरिएको छ ।
ज्ञान समाज काठमाडौंले यी छात्रछात्रालाई एकसाथ जम्पर ट्रयाक वितरण गरेको प्रधानाध्यापक सुरेस सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयमा सार्वजनिक कार्यक्रमको आयोजना गर्दै मङ्गलबार विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)