महिषपाल बनेका काशीराम
ekantipur.com · Mon Nov 04 00:08:17 UTC 2024

कपिलवस्तु — बुटवल टेक्निकल इन्स्टिच्युट (बीटीआई) बाट एकवर्षे तालिम लिएर इलेक्ट्रिकल सबओभरसियर भइसकेका बुद्धभूमि नगरपालिका–९ धमौलीका २८ वर्षे काशीराम भट्टराईलाई पनि एक समय अरू युवा जस्तै विदेसिने हुटहुटी नआएको हैन । मजदुरी गर्न कतार पनि गए तर बिरामी भएपछि ७ महिनामै फर्किए । पछि पोल्यान्ड जाने भनेर १५ लाख जति खर्चिए, भिसा पनि आयो । तर अचानक काशीरामको मन बदलियो ।
‘म्यानपावर कम्पनीले भिसा लागेको तारन्तार भनिरह्यो, मलाई त्यो बेला किन किन विदेसिने इच्छा नै भएन, बरु गाउँमै गाउँकै युवा मिलेर केही गर्नुपर्छ भन्ने सोच जन्मियो,’ त्यसपछि भैंसीपालनमा लागेका उनले भने । अहिले उनको जिन्दगी पशुपति शर्माले गाएको गीत ‘मलाई अमेरिका यही, मलाई जापान पनि यही’ मा भनेजस्तै ‘चिन्ता छैन केही’ भन्दै भैंसी दुहुने, गोबर सोहर्ने, घाँस काट्नमा रमाइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)