तोरी खेतीमा फर्किए किसान
annapurnapost.com · Thu Dec 30 06:34:00 GMT 2021
चितवन : कालिका नगरपालिका–६ भटेनीका गोविन्दप्रसाद ढकालले तोरी लगाउन छाडेको वर्षौं भएको थियो। रोग किराको प्रकोप र माटोमा खाद्य तत्त्वले उत्पादनमा कमी भएकाले उनी तोरीबाट पलायन भए।
कुनै बेला देशभर तोरीको माग धान्ने जिल्लाका किसानले तोरी लगाउनै छाडे। तर, पछिल्लो समय भने किसानहरू पुनः पुरानै बालीमा फर्किएका छन्। तोरी उत्पादनमा पहिचान बनाएको चितवनका फाँटहरू अहिले पहँेलै भएका छन्। भटेनीका ढकालले अहिले एक बिघामा तोरी लगाएका छन्। ‘उत्पादन राम्रो हुन थालेपछि खेती सुरु गरेका हौं’, उनले भने, ‘तोरीको तेल किनेर खान पनि नसकिने भयौं। केही आफूलाई राख्ने बाँकी बिक्री गर्न थालेका छौं।’ गत वर्षको तुलनामा हजार हेक्टर बढी क्षेत्रमा तोरी लगाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)