विश्वकप क्रिकेट : भारतको अपराजित यात्रा कायम
ekantipur.com · Mon Nov 13 01:16:54 GMT 2023
काठमाडौँ — भारतले विश्वकप क्रिकेट-२०२३ मा आफ्नो अपराजित याक्रा कायम राखेको छ । यस क्रममा प्रतियोगिताको अन्तिम लिग खेलमा उसले नेदरल्यान्ड्सलाई १ सय ६० रनले पराजित गर्यो । भारतले लगातार नवौं जित हात पार्ने क्रममा पूरा प्रतियोगिता अविजित रहेको हो ।
यो जितपछि भारतको नौ खेलबाट अधिक्तम १८ अंक भयो । नेदरल्यान्ड्स भने चार अंकमै सीमित रहेर पुछारमा रह्यो । श्रेयस अय्यर र केएल राहुलको शतकको मदतले भारतले पहिले ब्याटिङ गर्दै ५० ओभर गुमाएर ४ सय १० रनको विशाल स्कोर खडा गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)