पल्सर स्पोट्र्स अवार्ड पहिलोपल्ट पोखरामा
rajdhanidaily.com · Fri Jul 25 23:21:08 GMT 2025
काठमाडौं । एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड पहिलोपल्ट राजधानीबाहिर पोखरामा हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) आयोजनामा यसपालिको २२ औं संस्करण आगामी २९ भदौमा पोखरामा हुने शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी घोषणा गरिएको हो ।
सोही अवसरमा आयोजक मञ्च र मुख्य प्रायोजक गोल्छा ग्रुपबीच प्रायोजकसम्बन्धी सम्झौता भयो । सम्झौतापत्रमा मञ्च अध्यक्ष नीरञ्जन अधिकारी र गोल्छा ग्रुपका कार्यकारी निर्देशक अभिमन्यू गोल्छाले हस्ताक्षर गरे । १७ वर्षदेखि नियमित रुपमा मुख्य प्रायोजन गर्दै आएको गोल्छा ग्रुपले ५ वर्षको सम्झौता थप गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)