स्वस्थानी मातालाई पसिना आयो
deshsanchar.com · Sat Sep 18 14:26:30 GMT 2021
काठमाडौँ – स्वस्थानी मातालाई पसिना आएको छ। शनिबार बेलुका ६ बजेतिर नित्य पूजा भइरहेको समयमा साँखु सालिनदीस्थित स्वास्थानी माताको मुख्य मूर्तिमा पसिना आएको मन्दिरका पुजारी मधु ढुंगानाले जानकारी दिए।
उनका अनुसार मूर्तिको अनुहारबाट बग्ने गरी पसिना आएको र आफूले कपडाले पुछेको बताए। ढुंगानाले भने ‘म नित्य पूजाका लागि मन्दिरमा पुग्दा पसिना आइरहेको रहेछ। मैंले कपडाले पुछेँ पनि फेरि आयो। मूर्तिको अनुहारबाट बगेको पसिना घाँटीसम्म आयो।’
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)