मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

डेढ महिनादेखि निमित्तको भरमा त्रिवि

ekantipur.com · Wed Dec 27 01:19:39 GMT 2023

सुदीप कैनी — सरकारले उपकुलपति, रेक्टर र रजिस्ट्रार नियुक्तिमा ढिलाइ गर्दा त्रिभुवन विश्वविद्यालय निमित्त पदाधिकारीको भरमा सञ्चालन हुने अवस्थामा पुगेको छ । डेढ महिनादेखि उपकुलपति र रेक्टरविहीन विश्वविद्यालयमा सोमबारदेखि रजिस्ट्रार पद पनि रिक्त भएको हो । दैनिक कामकाज चलाउन यी पदमा निमित्त तोकिएका छन् । त्रिवि सेवा आयोगको सदस्य पद पनि एक महिनादेखि रिक्त हुँदा आयोग पनि निष्प्रभावी बनेको छ ।

तत्कालीन उपकुलपति धर्मकान्त बाँस्कोटाको कार्यकाल गत कात्तिक १६ मा सकिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल र शिक्षामन्त्री अशोककुमार राईले उपकुलपति नियुक्तिको सट्टा कात्तिक १७ मा रेक्टर शिवलाल भुसाललाई उपकुलपतिको जिम्मेवारी दिए । भुसाल कात्तिक १९ मा ३ महिने उपकुलपतिमा पदबहाल भएपछि रेक्टर पद पनि रिक्त छ । कुलपतिसमेत रहेका दाहालले रेक्टरलाई ३ महिनाका लागि उपकुलपतिको जिम्मेवारी दिएका हुन् । सहकुलपति तथा शिक्षामन्त्री संयोजकत्वको सिफारिस समितिको सिफारिसका आधारमा कुलपतिले उपकुलपति नियुक्त गर्ने व्यवस्था त्रिवि ऐनमा छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)