प्रदेश १ ले ३४ खेलमा भाग लिने
ekantipur.com · Fri Aug 12 00:58:03 GMT 2022
विराटनगर — गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ सम्म हुने नवौं राष्ट्रिय खेलकुदमा प्रदेश १ ले विभिन्न ३६ मध्ये ३४ खेलमा सहभागिता जनाउने तयारी गरेको छ । प्रदेश खेलकुद विकास बोर्डले बिहीबार पत्रकार सम्मेलन गरी ती खेलहरूमा प्रदेश १ बाट ६ सय ९४ खेलाडीले भाग लिने जनाएको छ ।
आठौं राष्ट्रियमा १० टिमसम्मिलित रहँदा प्रदेश १ ले ९ स्वर्ण, २० रजत र ५९ कांस्य पदक जित्दै सातौं स्थान प्राप्त गरेको थियो । नवौं संस्करणमा सात प्रदेश र तीन विभागीयसहित एनआरएन टिमको प्रतिस्पर्धा गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)