नेतन्याहुले भने- जबसम्म म इजरायलको प्रधानमन्त्री छु, इरानसँग परमाणु हतियार हुन्न
onlinekhabar.com · Fri Jun 12 15:03:44 GMT 2026

२९ जेठ, काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफू इजरायलको प्रधानमन्त्री रहेसम्म इरानसँग परमाणु हतियार नहुने दाबी गरेका छन् । शुक्रबार एक्समा अभिव्यक्ति दिँदै नेतन्याहुले यस्तो दाबी गरेका हुन् ।
‘यो मुद्दामा मेरो र डोनाल्ड ट्रम्पबीच पूरा सहमति छ,’ नेतन्याहुले भनेका छन्, ‘पछिल्लो ३० वर्षभन्दा बढी समयदेखि इरानको परमाणु कार्यक्रमको विरुद्धमा अन्तर्राष्ट्रिय अभियानमा सबैभन्दा अगाडिको पङ्तिमा म खडा रहँदैआएको छु ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)