लागुऔषध ब्राउनसुगरसहित सिरहाबाट एक युवक पक्राउ
shilapatra.com · Fri Jun 12 15:11:00 GMT 2026

सिरहा प्रहरीले आठ ग्राम ८० मिलीग्राम अवैध लागुऔषध ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोलबजार नगरपालिका–२ लालपुर निवासी २१ वर्षीय श्यामसुन्दर साह रहेका छन् ।
सुखीपुर नगरपालिका–२ छजनामा इलाका प्रहरी कार्यालय महेशपुर पतारबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका साहलाई जाँच गर्ने क्रममा उनको साथबाट ब्राउनसुगर बरामद गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)