मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मुलुकभर मनसुन सक्रिय

annapurnapost.com · Wed Jun 29 00:05:00 GMT 2022

काठमाडौं : सुरुवाती अवस्थामै मनसुनी वायु मुलुकभर सक्रिय भएको छ। पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुनका कारण मंगलबार देशका विभिन्न स्थानमा सामान्यदेखि पूर्ण बदली भएको छ।

बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको असरले देशका विभिन्न स्थानमा हलुकादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसविद् वरुण पौडेलका अनुसार प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारी तथा अति भारी वर्षा हुन सक्छ। भारी वर्षा ५० देखि १ सय मिलिमिटरसम्म मानिन्छ। १ सयदेखि २ सय मिलिमिटर वर्षालाई धेरै भारी वर्षाका रूपमा लिइन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)