‘महिला उद्यमशीलता आर्थिक विकासको मेरुदण्ड’
abhiyandaily.com
काठमाडौं । समग्र आर्थिक क्षेत्रको विकासका लागि महिला उद्यमशीलता महत्त्वपूर्ण आधार हुने औंल्याइएको छ । शुक्रवार आर्थिक नीति सुधारमा क्रियाशील संस्था ‘दायित्व’ले आयोजना गरेको नीति संवाद कार्यक्रममा विज्ञहरूले महिला उद्यमशीलतालाई जोड दिनुपर्ने अहिलेको आवश्यकता रहेको बताए । सरकारी निकायले महिला उद्यमशीलताका लागि विभिन्न कार्यक्रम ल्याए पनि प्रभावकारी हुन नसकेको उनीहरूको गुनासो थियो ।
‘महिला उद्यमशीलताका लागि नेपाल राष्ट्र बैंकले १५ लाख रुपैयाँ कर्जा दिने व्यवस्था गरे पनि त्यस्तो कर्जा लिन महिलालाई सहज छैन,’ कृषि, खाद्य सुरक्षा तथा लैंगिक विज्ञ डा. यमुना घलेले भनिन् । अहिलेको समयमा अर्थतन्त्र सुधारका लागि स्थानीय स्रोत, साधन र शीप प्रयोग गरिएको उद्यमशीलता आवश्यकता परेको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)