नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
swasthyakhabar.com · Fri Jun 12 15:20:00 GMT 2026

काठमाडौं- नेपाली औषधि उद्योग म्याग्नस फार्मा प्रा.लि.ले युरोपियन सोसाइटी फर क्वालिटी रिसर्च बाट ‘क्वालिटी एचभमेन्ट अवार्ड २०२६’ प्राप्त गरेको छ। बेल्जियमको ब्रसेल्समा प्रदान गरिएको उक्त सम्मानलाई कम्पनीले गुणस्तर, नवप्रवर्तन र औषधि उत्पादनमा निरन्तर सुधारप्रतिको आफ्नो प्रतिबद्धताको अन्तर्राष्ट्रिय पहिचानका रूपमा लिएको छ।
सन् २००७ बाट आफ्नो यात्रा सुरु गरेको म्याग्नस फार्मा सुरुवातदेखि नै नवीन सोच र गुणस्तरीय उत्पादनमा केन्द्रित रहँदै आएको छ। वीरगञ्ज रामपुरटोकनीमा रहेको उत्पादन कारखानामार्फत कम्पनीले नेपाली बजारमा विभिन्न समूहका औषधि उत्पादन गर्दै आएको छ। डब्लुएचओ-जीएमपी र आईएट्ठओ प्रमाणित कम्पनीका रूपमा म्याग्नस फार्माले गुणस्तरीय औषधि उत्पादन, नवप्रवर्तन र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको उत्पादन प्रक्रियालाई निरन्तर प्राथमिकता दिँदै आएको छ। नेपालमै पहिलोपटक केही महत्वपूर्ण औषधि हरू उत्पादन तथा बजारमा ल्याउने प्रयासले पनि कम्पनीलाई स्वदेशी औषधि उद्योगमा फरक पहिचान दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)