बालेनको प्रतिक्रिया : काठमाडौं महानगरलाई गाली गर्ने कार्यक्रममा सहभागी भइयो
ratopati.com
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बागमती प्रदेशले आयोजना गरेको कार्यक्रमप्रति कटाक्ष गरेका छन् । उनले कार्यक्रममा काठमाडौं महानगरको आलोचना गरिएको संकेत गर्दै कटाक्ष गरेका हुन् । ‘बागमती प्रदेशले आयोजना गरेको काठमाडौं महानगरलाई गाली गर्ने कार्यक्रममा सहभागी भएर धेरै खुशी लाग्यो’, उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन्, ‘धन्यवाद !’
सोमबार र मंगलबार बागमती प्रदेश सरकारले प्रदेशभित्र रहेका सम्पूर्ण स्थानीय तहहरूका प्रमुख र उपप्रमुखहरूलाई स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम राखेको छ । हेटौंडामा आयोजित सो कार्यक्रममा प्रमुख शाह र उपप्रमुख सुनिता डंगोल समेत सहभागी छन् । उनले कार्यक्रममा छलफल प्रभावकारी हुन नसकेको भन्दै महानगरपालिकालाई गाली मात्रै गरिएको बताएका हुन् । कार्यक्रममा थानीय सरकार सञ्चालन र स्थानीय विकास सम्बन्धमा विस्तृत छलफल हुने अपेक्षा गरिएपनि त्यसो नभएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)