मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

सुनवलमा टिपर र बस ठोक्किँदा १७ जना घाइते 

ekantipur.com · Fri Feb 02 01:14:13 GMT 2024

पश्चिम नवलपरासी — पूर्व-पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको सुनवलमा यात्रुवाहक बस र टिपर ठोक्किँदा १७ जना यात्रु घाइते भएका छन् ।

काठमाडौंबाट बाजुराका लागि हिँडेको सु.प.प्र ०१-००१ ख ३४८० नम्बरको बस र बुटवलबाट सुनवलतर्फ आउँदै गरेको लु २ ख १६९६ नम्बरको टिपर बिहीबार राति सुनवल – ४ मा ठक्कर खाएको जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी रमेश बोहराले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)