दोभान बजार अग्नि पीडितलाई ताप्लेजुङ समाज नेपालद्वारा दश लाख बढी सहयोग हस्तान्तरण
kendrabindu.com · Fri Jul 23 17:07:57 GMT 2021
ताप्लेजुङको दोभान बजारका अग्नि पीडितलाई ताप्लेजुङ समाज–नेपालले दश लाख बढी सहयोग रकम हस्तान्तरण गरेको छ। गत फागुन १८ गते जिल्लाको मिरिङ्देन गाँउपालिका वडा नं. ३ दोभान बजारमा भएको आगलागी पीडितका लागी ताप्लेजुङ समाज–नेपालका तर्फबाट १० लाख १० हजार रकम हस्तान्तरण गरिएको हो।
संस्थाको राहत अभियानमार्फत देश तथा विदेशबाट संकलित उक्त रकम गत असार २१ गते हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष डम्बरबहादुर तुम्बाहाम्फेले विज्ञप्ति मार्फत जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)