मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तमसुकले झस्काइरहन्छ डडेल्धुराका मुक्त हलियालाई

onlinekhabar.com · Mon Jan 16 01:14:45 GMT 2023

२ माघ, डोटी । डडेल्धुरा, अमरगढी नगरपालिका-१० बुडालीका पदम टमटा पूर्वहलिया हुन् । कानूनी रुपमा उनी २०६५ साल भाद्र २१ गते सरकारले गरेको हलिया मुक्तिको घोषणासँगै मुक्त भइसकेका छन् । तर, उनको मनबाट डर भने हटेको छैन ।

मालिकसँग ऋण लिएर व्याजवापत १० वर्ष हलो जोतेका पदमले ऋण लिंदा गरेको तमसुक मालिकसँगै छ । ‘मुक्त त भयौं, तमसुक मालिकसँगै छ,’ उमेरले ६० कटेका पदम भन्छन् ‘मेरा दिन त गइगया, मालिकले छोरानातिलाई ऋण तिर्न भन्ने हुन् कि भन्ने पीर छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)