मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रिय सभा निर्वाचनको मौन अवधि सुरु

nayapatrikadaily.com · Tue Jan 23 00:37:00 GMT 2024

माघ ८ गते राति १२ बजेपछि कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोस्ट वा सेयर गर्न वा गराउन नहुने हुँदा सोबमोजिम आचरण पालना गर्न–गराउन अनुरोध गरिन्छ

राष्ट्रिय सभा निर्वाचनको मौन अवधि सोमबार रातिदेखि सुरु भएको छ । निर्वाचन आयोगका अनुसार ११ माघमा हुने निर्वाचनको सबै तयारी पूरा भएको छ । राष्ट्रिय सभाका १९ सदस्यका लागि निर्वाचन हुन थालेको छ । आयोगले चुनावमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन आयोगले सोमबार मध्यराति १२ बजेदेखि मौन अवधि लागू गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)