मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

कालीगण्डकीमा अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन

ratopati.com · Sat Sep 16 06:41:00 GMT 2023

गल्याङ । कालीगण्डकी नदीबाट अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन् तथा चोरी निकासी हुने गरेको छ । शुक्रबार गल्याङ नगरपालिका ११ जिमुहा कोप्चेघाटस्थित कालीगण्डकी नदीबाट अवैधरुपमा ढुङ्गा लोड गरी ल्याउँदै गरेको ग त ५६७३ नम्बरको ट्र्याक्टर समातिएपछि घटना बाहिर आएको हो । ट्र्याक्टरलाई जनप्रतिनिधि र स्थानयीवासीले नियन्त्रणमा लिएका थिए ।

कालीगण्डकी नदीबाट तीन वर्षयता नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा उत्खनन तथा निकासी गर्न अदालतले रोक लगाएको छ । स्थानीयको प्रयासपछि ट्र्याक्टरलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । प्रहरीले ट्र्याक्टरलाई गल्याङ नगरपालिकाको जिम्मा लगाएको छ । नगरपालिकाको राजस्व कार्यालयले नियमानुसारको जरिवाना भन्दै रु १० हजार लिएर ट्र्याक्टरलाई छोडिदिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)