ट्य्राक परीक्षण सकियो, रेल सञ्चालनको टुंगो छैन
ekantipur.com · Mon Jul 19 01:04:51 GMT 2021
जनकपुर — प्रतिघण्टा १२० किमि गतिमा रेल गुड्ने खबरले आइतबार बिहानैदेखि जयनगर–जनकपुर–कुर्था खण्डमा मानिसको भीड लाग्यो । रेलवे ट्र्याकका दुवै छेउमा लागेको भीड व्यवस्थित गर्न सुरक्षाकर्मीलाई पनि हम्मेहम्मे पर्यो ।
रेलवे ट्र्याकबाट हिँडडुल रोकियो । रेलवे क्रसिङमा अटेरी गर्नेलाई भने सुरक्षाकर्मीले हप्काइरहे । भारतको इस्ट सेन्ट्रल रेलवेको डिजल लोकोमोटिभले आइतबार दिउँसो १२० किमि प्रतिघण्टाको गतिमा कुदाएर रेलवे ट्र्याकको गति परीक्षण गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)