मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आयातित इन्धनको व्यवस्थापन

rajdhanidaily.com · Mon Jul 26 23:20:34 GMT 2021

२०७४ फाल्गुन २० देखि अन्तर्राष्ट्रियस्तरमा इन्धनको मूल्य नबढे पनि भारतबाट आएको मूल्य सूचीअनुसार पेट्रोल, मट्टीतेल र डिजेलमा भाउ बढाएको थियो । बाह्य बजारमा तेलको मूल्य बढेको भनी २०७५ साल वैशाख ३ र २० देखिफेरि इन्धनको मूल्य बढेको थियो । ओलीको सरकार आएपछि छैठौंभन्दा बढीपटक इन्धनको मूल्य समायोजन भएको थियो २०७५ देखि २०७८ आउँदा इन्धनको मूल्य तलमाथि गर्दै आयो । तर, २०७८ असार ३० मा सेरबहादुर सरकार आएकै दिन पेट्रोलको मूल्य १ सय २९ बाट १ सय २८ मा झरेको छ ।

निगमले वार्षिक १ खर्बभन्दा बढी इन्धन आयात गर्ने गरेको छ । आव २०७२-७३ मा नाकाबन्दी हुँदाहुँदै पनि करिब ८५ अर्बको इन्धन आयात भएको थियो । २०७२ मा तराई बन्द वा भारत नाकाबन्दीका कारण नेपालमा इन्धन पटकपटक नेपाल वायुसेवा निगमले कोलकाटाबाट एयरलिफ्टिङ गरी हवाई इन्धन ल्याउनुपरेको थियो । विगत पाँच वर्ष घाटामा रहेको निगमले पछिल्ला दुई वर्ष लगातार उच्च नाफा आर्जन गरेको थियो । बाह्य बजारमा कच्चा तेलको मूल्यमा आएको वृद्धिले गत वर्षको अर्थात् २०७३-७४ मा मुनाफा ५० प्रतिशतले घटेको बताइन्छ । गत वर्ष अर्थात् २०७३-७४ मा नाफा ९ अर्ब ४५ करोड रुपैयाँमा सीमित भएको बताइन्छ । आव २०७१-७२ मा १५ अर्ब ४ करोड र २०७२-७३ मा १९ अर्ब ३६ करोड नाफा भएको बताइन्छ । बताइन्छ कि त्यसबेला निगम ऋणमा नै थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)