लिपमोटर B10 कोरला नाका हुँदै नेपाल भित्र्याइँदै, ग्राहकलाई छिटो डेलिभरी दिने तयारी
nagariknews.nagariknetwork.com · Fri Sep 04 14:31:56 GMT 2026

नेपालमा लिपमोटरको आधिकारिक वितरक साङ्ग्रिला मोटर्स प्रालिले लिपमोटर B10 को आयातका लागि वैकल्पिक नाका प्रयोग गर्न थालेको छ। रसुवागढी नाका हुँदै आयात हुँदै आएका B10 का गाडीहरू रसुवा क्षेत्रमा आएको आकस्मिक बाढीका कारण सडक तथा यातायात प्रभावित भएपछि कम्पनीले कोरला (मुस्ताङ) नाका हुँदै नेपाल भित्र्याउन थालेको हो।
कम्पनीका अनुसार कोरला नाका प्रयोग गरी गाडीको ढुवानी तथा भन्सार प्रक्रिया तीव्र बनाइएको छ। यससँगै B10 बुकिङ गरेका ग्राहकलाई छिट्टै गाडी हस्तान्तरण गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)