मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिंहदरबार भित्रकै क्याफेमा भेटियो गुणस्तरहीन खाद्यान्न, २ लाख १ हजार जरिवाना

swasthyakhabar.com · Fri Jun 12 15:42:35 GMT 2026

काठमाडौं - सिंहदरबारस्थित एक क्याफेमा घुन लागेको चनाको दाल, ओसिएका खाद्यवस्तु तथा फुटेका अण्डा फेला परेपछि खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले २ लाख १ हजार रुपैयाँ जरिवाना गरेको छ।

विभागले गरेको अनुगमनका क्रममा क्याफेमा करिब १७ केजी घुन लागेको चनाको दाल, ११ केजी ओसिएको बदाम तथा १४ वटा फुटेको अण्डा भेटिएको जनाएको छ। अनुगमन टोलीले ती खाद्य सामग्री उपभोगका लागि अनुपयुक्त रहेको ठहर गर्दै नष्ट गर्न निर्देशन दिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)

सम्बन्धित विषय