‘मोखा’ चक्रवातको नेपालमा उल्लेखनीय प्रभाव नरहने, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना
nepallive.com · Sun May 14 00:29:00 GMT 2023
काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। बंगालको खाडीमा विकसित भइरहेको ‘मोखा’ नामक चक्रवात हाल अति शक्तिशाली चक्रवातमा परिणत भएको छ। उक्त चक्रवात उत्तर-उत्तर-पूर्व दिशातर्फ उन्मुख हुँदै बंगलादेश तथा म्यानमारको तटीय क्षेत्रमा बढिरहेको हुनाले नेपालमा यसको उल्लेखनीय प्रभाव नरहने देखिएको विभागले जनाएको छ।
हाल देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। गण्डकी तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको विभागले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)