बंगलदेशमा आरक्षण विरोधी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ३२ पुग्यो
ratopati.com · Fri Jul 19 17:39:00 UTC 2024

काठमाडौँ । बंगलादेशमा आरक्षण विरोधी आन्दोलनका क्रममा शुक्रबार थप ५ जनाको मृत्यु भएको छ । सो आन्दोलनमा मृत्यु हुनेको संख्या योसहित ३२ पुगेको छ ।
विद्यार्थीहरुले सम्पूर्ण बन्दका कार्यक्रमहरुलाई जारी राख्ने घोषणा गरेका छन् । बिहीबार भएको हिंस्रक विरोध प्रदर्शनका भिन्नाभिन्नै घटनामा २५ जनाको मृत्यु भएको थियो । बंगलादेशमा सरकारी जागिरमा आरक्षणको विरोधमा विश्वविद्यालयका विद्यार्थीहरुले देशव्यापी आन्दोलन चर्काएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)