मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सर्‍यो एमालेको चियापान, कात्तिक १५ गते हुने

setopati.com · Thu Oct 26 23:57:34 GMT 2023

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको भ्रमणका कारण प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पूर्वनिर्धारित चियापान सारेको छ। यसअघि कात्तिक १४ गते चियापान गर्ने भनिएकामा भोलिपल्ट अर्थात् कात्तिक १५ गते गर्ने एमालेले जानकारी दिएको छ।

‘नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट दसैं, तिहार, छठ लगायत पर्वहरूको अवसरमा यही कात्तिक १४ गतेका लागि तय गरिएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम कात्तिक १५ गते गरिने भएको छ,’ एमालेले जारी गरेको सूचनामा भनिएको छ, ‘संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको कार्यतालिकालाई मध्यनजर गर्दै १५ गते आयोजना गर्ने निर्णय भएको छ।’

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)