मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्री कार्यालयले भन्यो- काभ्रे बस दुर्घटनाको कारण पत्ता लगाउन निर्देशन दिइसकेको छ

onlinekhabar.com · Fri Jun 12 15:40:13 GMT 2026

२९ जेठ, काठमाडौं । काभ्रे बस दुर्घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दु:ख व्यक्त गरेको छ । शुक्रबार साँझ प्रधानमन्त्री कार्यालयका प्रवक्ता सहसचिव हेमराज आचार्यले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको कारण पहिचान गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको पनि बताएका छन् ।

‘दुर्घटनालगत्तै घाइतेहरूको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्थानीय तह तथा स्वास्थ्य संस्थाहरूको सक्रिय सहभागिता एवं समन्वयमा उद्धार तथा उपचारको कार्य तत्काल गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

यस्तै, घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

‘नेपाल सरकारले यस घटनाको अनुसन्धान गरी दुर्घटनाको कारण पहिचान गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै, घाइतेहरूको प्रभावकारी उपचार तथा प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित निकायहरूलाई निर्देशन दिइएको व्यहोरा जानकारी गराइन्छ ।’

यो पनि पढ्नुहोस

काभ्रे बस दुर्घटना : मृत्यु हुनेको संख्या ८ पुग्यो

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय