मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

व्यापार र व्यवहार मिलाउन भन्दै ८ करोड २५ लाख ठगी

nepalsamaya.com · Sat May 20 00:10:00 GMT 2023

काठमाडौं- सिन्धुलीको गोलन्जर गाउँपालिका वडा नम्बर ४ स्थायी घर भएका कृष्णमुरारी गुरुङले आफ्नो व्यवहार र व्यापार मिलाउन भन्दै विभिन्न व्यक्तिबाट ८ करोड २५ लाख रुपैयाँ ठगी गरेका छन्।

पीडितहरुको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको छ। मुद्दा परेकाले आफ्नो सम्पूर्ण सम्पत्ति रोक्का भएको भन्दै उनले पटक-पटक गरी एकै जनासँग नगद ७ करोड ७५ लाख र २० तोला सुन लिएको प्रहरीको भनाइ छ। प्रहरीले उनलाई ठगी, आपराधिक लाभ तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)