११ सय विरामीको निःशुल्क उपचार
lokpath.com · Tue Dec 28 16:42:44 GMT 2021
काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले काभ्रेको पनौतीमा मंगलबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । पनौती नगरपालिका १२ नं. वडा कार्यालयसँग सहकार्य गरेर एक दिने शिविर सञ्चालन गरिएको हो ।
स्थानीय वाल प्रकाश माध्यमिक विद्यालयमा आयोजित शिविरमा १ हजार १ सय ७२ विरामीको निःशुल्क उपचार गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरमा २१६ जनाको रक्त परीक्षण, १९७ जनाको मुटुको जाँच (इसीजी) र १९५ जनाको भिडियो एक्सरे गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)