मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

स्वस्तिश्रीका खेलाडी स्पेनको ट्रेनिङ क्याम्पमा

ekantipur.com · Thu Apr 13 00:42:21 GMT 2023

काठमाडौँ — स्पेनको बान्को सबेडाल सहरमा हुने १० दिने विशेष फुटबल ट्रेनिङ क्याम्पमा नेपालीका विद्यार्थीले सहभागिता जनाउने भएका छन् ।

उक्त क्याम्पमा स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड स्कुलका खेलाडीले भाग लिने भएका छन् । अप्रिल १४ देखि २४ तारिखसम्म हुने क्याम्पका लागि जुनियर खेलाडी बिहीबार त्यसतर्फ जानेछन् । विद्यालयका फुटबल एम्बासडर तथा राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङको नेतृत्वमा टोली त्यसतर्फ जान लागेको हो । प्रशिक्षकमा ज्वाला विष्ट रहनेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)