नेपाल आइपुग्यो लिपमोटर बी-०३ एक्स, छिट्टै सार्वजनिक गरिने
aarthiknews.com

काठमाडौं । प्रिमियम इलेक्ट्रिक एसयूभी लिपमोटर बी-०३ एक्स (B03X) आधिकारिक रूपमा आइपुगेको छ । नेपालका लागि लिपमोटरको एकमात्र आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले यो बहुप्रतिक्षित ईभीलाई छिट्टै एक विशेष कार्यक्रमबीच औपचारिक रूपमा सार्वजनिक गर्ने जनाएको छ ।
१४५ किलोवाटको मोटर र ५३ किलोवाट आवर्सको ब्याट्री क्षमता रहेको यस एसयूभीले ५५५ किलोमिटरसम्मको (CLTC) प्रभावकारी रेन्ज प्रदान गर्दछ । साथै, यसमा ५१० लिटरको फराकिलो बुटस्पेस, प्रिमियम बनावट र फराकिलो केबिन रहेको छ । सुरक्षाका दृष्टिले यसमा ‘एडास लेभल २’ (ADAS Level 2) प्रविधि जडान गरिएको छ, जसले सुरक्षित र इन्टेलिजेन्ट ड्राइभिङको नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)