मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुस्तामा बढ्दाे तनाव : सरकारकाे अनुपस्थितिमा नागरिक नै सीमारक्षक

nepalpress.com · Fri Jun 12 15:53:12 GMT 2026

रुपन्देही । पश्चिम नवलपरासीको नेपाली भूमि सुस्तामा शुक्रबार बिहान भारतीय सीमा सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मी जानकारीबिना हतियारसहित प्रवेश गरेपछि स्थानीयले प्रतिकार गर्दै धपाएका छन् । सीमा समस्याबारे काठमाडौंमा बुद्धिविलास भइरहँदा सुस्ताका स्थानीय फेरि एकपटक वास्तविक सीमारक्षका रूपमा खडा भए ।

निशस्त्र स्थानीयले हतियारसहित आएका भारतीय सुरक्षाकर्मीलाई घेराबन्दी गरेको भिडियो शुक्रबार बिहानै नेपाल प्रेसले सार्वजनिक गरेको थियो । घटनापछि सो क्षेत्र केहीबेर तनावग्रस्त बनेपनि स्थानीय सबैले जुटेर निर्भयका साथ खबरदारी गरेको सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जैसवालले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)

सम्बन्धित विषय