एडीबी सहयोगका परियोजनाको समीक्षा
ekagaj.com · Mon Mar 14 16:56:19 GMT 2022
काठमाडौँ– सरकार र एसियाली विकास बैंक (एडीबी)ले संयुक्त रूपमा एडीबीको सहयोगका विकास परियोजनाहरूको प्रगति समीक्षा गरेका छन् । दुई दिन चलेको पोर्टफोलियो समीक्षा बैठकमा अर्थमन्त्री जनार्दन शर्मा, एडीबी नेपाल मिसनका राष्ट्रिय निर्देशक आर्नो कोश्वा तथा सरकारका उच्च पदस्थ अधिकारीहरू, परियोजना प्रमुख तथा एडीबी नेपाल मिसनका कर्मचारीहरू सहभागी थिए ।
‘अर्थ मन्त्रालयको नेतृत्वले नियमित पोर्टफोलियो समीक्षा बैठकमार्फत् परियोजना कार्यान्वयन सुधारका लागि जोखिम र अवरोध पहिचान तथा यसको सम्बोधन र सम्बन्धित मन्त्रालय तथा निकायका अधिकारीको सक्रिय भूमिकाको हामी प्रशंशा गर्दछौं,’ राष्ट्रिय निर्देशक कोश्वाले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)