विश्वासको मतमा प्रधानमन्त्री ओलीविरुद्ध मतदान गरेका चौधरी बने राज्यमन्त्री
dcnepal.com · Fri Jun 04 17:43:00 GMT 2021
काठमाडौं। शुक्रबार पुनःगठन गरिएको मन्त्रिमण्डलमा दुईजना राज्यमन्त्री पनि छन्। दुबै राज्यमन्त्री जनता समाजवादी पार्टीबाट भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल विस्तार गरेका थिए। शुक्रबार मन्त्रिमण्डल विस्तारपछि नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथसमेत ग्रहण गरेका छन्।
यसरी शुक्रबार शपथ ग्रहण गर्ने मध्ये एक हुन राज्यमन्त्रीमा नियुक्त जसपाका चन्द्रकान्त चौधरी। उनी ऊर्जा राज्यमन्त्री नियुक्त भएका छन्। चौधरी ती व्यक्ति हुन जसले गत वैशाख २६ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा विश्वासको मतको प्रस्ताव राख्दा विपक्षमा मतदान गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)