मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

लोडसेडिङ हटेसँगै विद्युतीय सामग्री आयात र प्रयोग बढ्यो

ratopati.com

नेपालमा विद्युत उत्पादन बढेर लोडसेडिङ अन्त्य भएसँगै विद्युतीय सामग्रीको आयात र प्रयोग बढ्न थालेको छ । ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माण सम्पन्न भएसँगै विद्युत खेर जान थालेको छ ।

हाल नेपालमा १९ सय मेगावाटभन्दा बढी विद्युत उत्पादन भइरहेको छ । विद्युत खपत क्षमता भने १५ सय मेगावाट आसपास हो । यो तथ्यांकले नेपालको मागभन्दा बढी विद्युत उत्पादन भइरहेको पुष्टि गर्छ । नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश भट्राईले अहिले पनि दैनिक २०० मेगावाटदेखि ५०० मेगावाटसम्म विद्युत खेर गइरहेको जानकारी दिए । ‘दिउँसोको समयमा अफिस, उद्योग कलकारखाना चल्ने भएकाले २०० मेगावाटसम्म खेर जान्छ । रातीको समयमा कलकारखाना बन्द हुँदा ५०० मेगावाटसम्म खेर जान्छ,’ उनले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)