फेरि बढ्यो कर्जाको ब्याजदर
ekantipur.com · Sun Feb 13 01:23:29 GMT 2022
काठमाडौँ — कर्जाको ब्याजदर फेरि बढ्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरुले फागुनदेखि लागू हुने गरी निक्षेपको ब्याजदर बढाएसँगै कर्जाको ब्याजदर पनि बढ्ने भएको हो । शनिबार बैंक तथा वित्तीय संस्थाले फागुनका लागि निक्षेपको ब्याजदर प्रकाशन गरेका छन् । जसअनुसार वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर एकवर्षे मुद्दती निक्षेपमा अधिकतम ११.०३ प्रतिशत पुगेको छ ।
पुसको तुलनामा माघमा मुद्दती निक्षेपको ब्याजदर ०.९८ प्रतिशत बिन्दुले बढी थियो । यसका आधारमा वाणिज्य बैंकहरूमा संस्थागत एकवर्षे मुद्दती निक्षेपको ब्याजदर १०.०३ प्रतिशत र साधारण बचतको ६.०३ प्रतिशत कायम भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)