कानुन माग्दै मिटरब्याज पीडितले घेरे संसद् भवन
annapurnapost.com · Mon Jul 10 00:55:54 GMT 2023
काठमाडौं : ‘ऋण दिने साहुहरू अन्यायमा पर्ने छैनन्। जति ऋण दिएका छन्, त्यसको उचित ब्याज पाउँछन्,’ बानेश्वरस्थित संसद् भवन अगाडिको सडकमा आइतबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ भन्दै थिए, ‘सदनबाट यो अवशेषलाई अन्त्य गर्न नेपालको कुनै पनि तागतले रोक्ने छैन। म तपाईंहरूको प्रतिनिधि हुँ।’
मिटरब्याजी साहुलाई कारबाही गर्न तुरुन्त सदनबाट कानुन बनाउन पीडितले माग गर्दै माइतीघरबाट संसद् भवनसम्म मार्च पास गरेका थिए। मिटरब्याजी पीडितलाई न्याय दिलाउन छिट्टै सदनबाट कानुन ल्याउने गृहमन्त्रीले पीडितलाई विश्वास दिलाए। पैसा दिने साहुलाई पनि कानुनअनुसार ऋणीबाट पैसा फिर्ता गराउने गृहमन्त्री श्रेष्ठले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)