मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

चार अर्ब मुद्दतीमा राख्दै राष्ट्र बैङ्क

gorkhapatraonline.com · Thu Dec 08 01:19:11 GMT 2022

काठमाडौँ, मङ्सिर २२ गते । नेपाल राष्ट्र बैङ्कले विभिन्न बैङ्क तथा वित्तीय संस्थामा चार अर्ब ३२ करोड रुपियाँ एकवर्षे मुद्दती खातामा राख्ने भएको छ । राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषको तीन अर्ब चार करोड र कर्मचारी सुरक्षण कोषमा रहेको एक अर्ब २७ करोड रुपियाँ मुद्दती निक्षेपमा राख्न लागेको हो ।

राष्ट्र बैङ्कले ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थालाई रकम बाँडफाँटसमेत गरेको छ । उपदान तथा पेन्सन कोषको रकमबाट वाणिज्य बैङ्कमा दुई अर्ब ४३ करोड, विकास बैङ्कमा ४५ करोड र १५ करोड रुपियाँ वित्त कम्पनीमा राख्ने गरी सूचना जारी गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)