मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कोपा अमेरिका: बराबरीमा रोकिए कोलम्बिया र भेनेजुएला

pahilopost.com · Fri Jun 18 00:23:57 GMT 2021

कोपा अमेरिका अन्तर्गत आज बिहान सम्पन्न पहिलो खेलमा कोलम्बिया र भेनेजुएला बराबरीमा रोकिएका छन्। स्टेडियो ओलम्पिको पेड्रो लुडोभिकोमा सम्पन्न समूह 'ए' को खेलमा कोलम्बिया र भेनेजुएला गोलरहित बराबरीमा रोकिएका हुन्।

खेल अवधिभर भेनेजुएलामाथि दवाब बनाएर पनि कोलम्बिया गोल गर्न चुकेको थियो। प्रतियोगिताको उद्घाटन खेलमै आयोजक राष्ट्र ब्राजिलसँग पराजय ब्यहोरेको भेनेजुएलाले दोस्रो खेलमा कोलम्बियासँग अंकबाँडेको हो। अर्कोतर्फ कोलम्बियाले आफ्नो पहिलो खेलमा इक्वेडरमाथि १-० को जित निकालेको थियो। यो सँगै कोलम्बियाले २ खेलबाट ४ अंक जोडेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)