पत्रकार सम्मेलनपछि मध्यराति रविको लामो स्टाटस- कमजोरी अनेकौं छन्, गल्ती नगर्ने प्रयास जारी छ
lokaantar.com
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू सामान्य जीवनबाट आएको मान्छे भएकोले अनेकौं कमजोरी रहेको स्वीकारेका छन् । तर, गल्ती भने नगर्ने प्रयासमा आफू रहेको उनको भनाइ छ ।
सहकारी ठगी प्रकरणमा प्रस्टीकरण दिन सोमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेका रविले मध्येराति (११ बजे) फेरि स्टाटस लेख्दै लामो प्रष्टीकरण दिएका हुन् । 'एक सामान्य जीवनबाट आएको मान्छे कमजोरी अनेकौं छन् तर, गल्ती नगर्ने प्रयास जारी छ,' उनले लेखेका छन्, 'यसरी आफूमाथि प्रश्न उठ्दा कति नेता प्रेस र जनताको सामु उभिएका छन् होला ?'
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)