‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’
barnanmedia.com · Wed May 21 21:49:23 GMT 2025

काठमाडौँ, ८ जेठः नेपाली फिल्ममा ‘लभर ब्वाई’ को भूमिकामा रुचाइएका अभिनेतामध्ये एक हुनुहुन्छ, आर्यन सिग्देल । चलचित्र ‘किस्मत’ मार्फत अभिनयको सुरुआत गर्नुभएका उहाँले प्रेम कथानक चलचित्रमा धेरैजसो भूमिका खेल्नुभएको छ । दर्शकले अभिनेता सिग्देलको यस्तै अभिनय रुचाएपछि होला, निर्माता र निर्देशकले पनि एकै प्रकारको भूमिका प्रस्ताव गरेको ।
यद्यपि अभिनेता सिग्देल आफूलाई एकै भूमिकामा सीमित गर्न चाहनुहुन्न । त्यसैले नै उहाँले ‘होमवर्क’ मा दोहोरो भूमिका निर्वाह गर्नुभयो । जसमा बुबाको भूमिकामा प्रस्तुत हुँदा धेरै दर्शकले उहाँलाई चिनेनन् । त्यसपछि ‘नाइके’ मा द्वन्द्व प्रधान भूमिका गर्नुभयो । आफ्नो ‘लभर ब्वाई’ को छवि मेट्न उहाँ दुवै चलचित्रबाट असफल हुनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)