रामसेको गोलमा वेल्सलाई अग्रता
nepalpress.com · Wed Jun 16 16:54:27 GMT 2021
काठमाडौं। आरोन रामसेको एक गोलप्रेरित वेल्सले युरो २०२० को समूह ‘ए’ अन्तर्गत आफ्नो दोस्रो खेलको पहिलो हाफमा टर्कीविरुद्ध १-० को अग्रता लिएको छ । अजरबैजानको बाकुमा जारी खेलको ४३औं मिनेटमा रामसेले गोल गर्दै वेल्सलाई अग्रता दिलाएका हुन् ।
उनले कप्तान ग्यारेथ बेलको पासमा सुन्दर गोल गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)