मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मिटरब्याजपीडित कृषि औजारसहित सडकमा

rajdhanidaily.com · Mon Apr 03 23:37:06 GMT 2023

काठमाडौं । सरकारले मिटरब्याज पीडितका समस्या समाधान गर्न पाँचबुँदे सहमति गरेको तेस्रो दिन सोमबार काठमाडौंमा पीडितले कृषि औजारसहित प्रदर्शन गरेका छन् । सिराहाबाट हिंडेर काठमाडौंमा आएको एउटा समूहले सरकारसँग वार्ता गरेको दुई दिनपछि मिटरब्याज पीडितकै अर्को समूहले काठमाडौंमा प्रदर्शन गरेको हो ।

सिंहदरबार अगाडि मिटरब्याजविरुद्ध कार्यक्रम गरेका उनीहरूले कीर्ते तमसुक खारेज गर्नुपर्ने, हडपेको आफ्नो जमिन फिर्ता हुनुपर्नेलगायतका माग राखेका छन् । गत शनिबार सरकारले पीडितसँग पाँचबुँदे सहमति गर्दै मिटरब्याजीलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको थियो । सोमबार बिहान सप्तरीको राजविराजबाट जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र मधेसीलाई मिटरब्याजीको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)