माओवादीका शीर्ष नेता मारिए
barnanmedia.com · Wed May 21 22:29:54 GMT 2025

काठमाडौँ, ८ जेठः छत्तीसगढ राज्यमा भारतीय सुरक्षा बलले गरेको कारबाहीमा २७ जना माओवादी लडाकु मारिएको दाबी गरिएको छ। बस्तर क्षेत्रको नारायणपुर, बीजापुर र दन्तेवाडा जिल्लाको सीमामा बुधबार भएको मुठभेडमा सीपीआई (माओवादी) का महासचिव एवं शीर्ष नेता नम्बाला केशव राव उर्फ बसवराजू पनि मारिएको पुष्टि भएको प्रहरीलाई उदृत गर्दै बीबीसी हिन्दीले उल्लेख गरेको छ ।
भारतका गृहमन्त्री अमित शाहले समेत सामाजिक सञ्जाल एक्समा लेख्दै भनेका छन्, ‘नक्सलवाद अन्त्य गर्ने लडाइँमा ऐतिहासिक उपलब्धि। आज, छत्तीसगढको नारायणपुरमा भएको एक कारबाहीमा, हाम्रा सुरक्षा बलहरूले २७ जना माओवादीहरूलाई मारेका छन्, जसमा भाकपा(माओवादीका महासचिव, शीर्ष नेता र नक्सलवादी आन्दोलनको मेरुदण्ड, नम्बाला केशव राव उर्फ बसवराजु पनि समावेश छन्।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)