बाग्लुङमा रेशमा चियाको व्यावसायिक उत्पादन सुरु
ratopati.com · Wed May 21 22:36:00 GMT 2025

गलकोट । झाडी फाँडेर लगाइएको चियाले उत्पादन दिन थालेपछि किसान उत्साहित भएका छन् । बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा २०७६ सालमा लगाइएको चियाले व्यावसायिक उत्पादन दिन थालेपछि किसान उत्साहित भएका हुन् ।
जहाँ समुदाय, सहकारी र विद्यालय मिलेर चियाखेती गरेका छन् । रेशको बौर, तिङरिङलगायतका ठाउँमा हाल १६२ रोपनी जग्गामा चियाखेती भइरहेको छ । गएको वर्ष नमूनाका रूपमा परम्परागत शैलीबाट चिया उत्पादन गरे पनि यस पटक स्थानीयले चिया उत्पादन गर्ने उपकरण खरिद गरेका छन्भने ७० रोपनी जग्गामा लगाइएको चिया टिप्न थालिएको छ । थप सय रोपनी जग्गामा चियाका बोटहरू हुर्किरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)