मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पानी पठाएर मध्य भोटेकोशीको परीक्षण

ekantipur.com · Sun Jan 14 01:18:30 GMT 2024

काठमाडौँ — निर्माण सुरु भएको एक दशकमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको बाँध र सुरुङमा पानी प्रवेश गराएर शुक्रबार ‘वेट टेस्टिङ’ गरिएको छ । माघभित्र बिजुली उत्पादन गर्ने लक्ष्यसहित टेस्टिङ सुरु गरिएको बताइएको छ ।

चिलिमे जलविद्युत् कम्पनी मुख्य प्रबन्धक रहेको मध्य भोटेकोशी जलविद्युत् आयोजनामा शुक्रबार वेट टेस्टिङका लागि पहिलो पटक बाँधमा पानी पठाइएको छ । अब आयोजनाको बाँध, इन्टेक, गेट, सुरुङलगायत हेडवर्क्सका संरचनाको प्रविधिक परीक्षण गरिने आयोजना प्रमुख सूर्यनाथ भूर्तेलले जनाए । परीक्षण अवधि कम्तीमा माघ १५ सम्म रहनेछ । आयोजनाको बाँधस्थल चाकुदेखि भोटेकोशीको पानी घटबढ भइरहने भएकाले तटीय क्षेत्रका स्थानीयका नाममा सार्वजनिक सूचना पनि जारी गरिएको छ । भूर्तेलका अनुसार आयोजनाको काम अन्तिम चरणमा पुगेपछि परीक्षण उत्पादन सुरु हुनुअघि वेट टेस्टिङ गरेर आयोजनाको सबै संरचनाले तोकिएको काम गरे/नगरेको यकिन गर्न खोजिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)