तिलगाउँ विस्थापनः हिमताल फुटेर बाढी आयो, सरकार आएन
rajdhanidaily.com · Wed May 21 23:10:52 GMT 2025

सुर्खेत । घटना जेठ १ गते १०ः३० बजेतिरको हो । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका ६ तिलगाउँका बासिन्दा कोही निदाइसकेका त कोही निदाउने तरखारमा थिए । एक्कासी बस्ती नजिकको तिल्चुङ खोलामा ढुंगामाटोसहितको ठूलो बाढी आयो ।
त्यहाँ १९ घरधुरीका ३२ जनाको भागाभाग भयो । गुजुमुज्ज परेका घरमा समयमै बाढीपहिरोको सूचना पुग्दा तिलगाउँमा मानवीय क्षति हुन पाएन । स्थानीयबासीको त्यो रात खुलाचौरमा जाग्राम भएर बित्यो । त्यसपछि यता हिमशिखर आधारभूत विद्यालय नजिकै आश्रय लिइरहेका छन् । विस्थापित हुनेहरुमा २१ पुरुष, ९ महिला र २ बालबालिका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)