एकता टुटेपछि आफ्नो ‘हैसियत’ जाँच्दै माओवादी
nepallive.com · Tue May 18 17:07:00 GMT 2021
काठमाडौं- बृहत् वाम एकतामार्फत् देशलाई राजनीतिक स्थायित्व दिने भन्दै २०७५ जेठ ३ गते देशका दुई ठूला वाम घटक, (नेकपा) एमाले र नेकपा (माओवादी केन्द्र)ले पार्टी एकताको घोषणा गरे। र, नेकपाको गठन गरे। तीन वर्षपछि, जेठ ३ गतेमा आइपुग्दा नेकपाको यो एकता छिन्नभिन्न भइसकेको छ। एमाले र माओवादी पुरानै पार्टीका रुपमा ब्युँतिएका छन्।
एमाले त अहिले सत्तामा छ। एमालेभित्रको माधवकुमार नेपाल पक्ष नयाँ पार्टी गठन गर्नेगरी अगाडि बढे पनि घटनाक्रममा नाटकीय बदलाव अएर एमाले अहिले एउटै जस्तो बनिसकेको छ। धेरैको चासो अहिले पनि एमाले के होला भन्ने नै छ, सँगै माओवादीको अवस्था र गन्तव्यलाई लिएर पनि चासो व्यक्त भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)