राज्यले अभिभावकको जिम्मेवारी लिनुपर्छ : निगम व्यवस्थापन
newspolar.com
काठमाडौं । नेपाल वायुसेवा निगमको व्यवस्थापनले निगमलाई सुधार नगरी अहिलेकै अवस्थामा अघि बढाउन खोजिएमा धराशायी हुने जनाउँदै राज्यलाई तत्कालै अभिभावकको भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।
विश्वका अरु विमान कम्पनीसँग प्रतिस्पर्धाका लागि सुधारका ठोस आधारसहित कर्मचारीका सोचमा परिवर्तन ल्याएर कामप्रति थप जिम्मेवार नबनाएसम्म निगम आर्थिकरुपमा झनझन ओरालोतर्फ लाग्ने सुनिश्चित भएकाले राज्यले अभिभावको जिम्मेवारी निर्वाह गर्न आवश्यकता औँल्याइएको हो । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिलाई निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले निगम अहिले जुन अवस्थामा छ, यही अवस्थामा रहने हो भने जस्तोसुकै नेतृत्व र व्यवस्थापन आए पनि चल्न नसक्ने जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (newspolar.com)